अबदेखी आफुबसेको जिल्ला बाहिर जान बन्देज

24

(सिन्धुपाल्चोक)  – जिल्ला प्रशासनले अन्य जिल्ला जान जारी गर्ने अत्यावश्यक पास बन्द गर्ने निर्णय गरेको छ । सिन्धुपाल्चोक को सदरमुकाम चौतारामा सोमबार बसेको कोभिड १९ विपद व्यवस्थापन केन्द्रको बैठकले यो निर्णय गरेको हो । अब अत्यावश्यक काममा जिल्ला बाहिर जानुपर्ने भए सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने भएको छ ।

अबदेखि जिल्ला प्रशासनले जारी गरेको पास जिल्लाभर मात्रै चल्ने भएको छ  । गृह मन्त्रालयबाट प्राप्त एसएमएस मार्फत जिल्ला भन्दा बाहिर लागू हुने गरी त्यस्तो अनुमतिपत्र जारी नगर्न निर्देशन भइ आएकोले अब त्यस्तो अनुमसितपत्र जारी नगर्ने जनाइएको छ ।

यसैबीच सिन्धुपाल्चोक जिल्ला समन्वय समिति प्रमुख कृष्ण गोपाल तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनाल, स्वास्थ्य कार्यालयका प्रमुख दुर्गानाथ चापागाईको टोलिले जिलाका विभिन्न स्थानका क्वारेन्टाइन र आइसोलेसन वार्डको अनुगमन गरेका छन् । अनुगमनको क्रममा  सुनकोसी गाउँपालिका वडा नम्बर ६ स्थित महेन्द्रोदय माविमा सञ्चालित ४ बेडको क्वारेन्टाइन र वडा नम्बर ७ स्थित सेतीदेवी माविमा रहेको ७ बेडको क्वारेन्टाइन न्यूनतम मापदण्ड पुरा नभएको पाइएकाले उक्त क्वारेन्टाइनहरुलाई हटाइने भएको छ ।

सोमबारको बैठकले कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले हरेक गाउँपालिकाले विश्व स्वास्थ्य संगठनको मापदण्ड पुग्ने खालका दुई सय थान पीपीइ, एक सय थान एन नाइन्टिन फाइभ मास्क, नगरपालिकाले तीन सय थान पीपीई र एक सय ५० थान एन नाइन्टिन फाइभ मास्क स्टक राख्न सबै स्थानीय तहलाई अनुरोध समेत गरेको छ । त्यस्तै जिल्लामा रहेका दमकल वा आगलागि नियन्त्रक अन्य सामग्री तयारी अवस्थामा राख्ने समेत केन्द्रले निर्णय गरेको छ ।

समाचार वर्गहरू