(काठमाडौं) – अवैध रुपमा लुकाइछिपाई ल्याउँदै गरेको अमेरिकी डलर सहित एक जना पक्राउ परेका छन् ।
अवैध रूपमा ल्याउँदै गरेकाे ११ हजार ९ सय ९४ डलर सहित पाकिस्तानी नागरिक ३८ वर्षीय अघा जिसहान हैदरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बेलुका प्रहरीले पक्राउ गरेको हाे ।
मालिन्डो एयरको उडानद्वारा मलेशियाको क्वालालम्पुरबाट काठमाडौं आएका उनलाई विमानस्थलको उडानतर्फको आगमन भन्सारमा जाँच गर्ने क्रममा झोलामा लुकाइछिपाई ल्याएको उक्त अमेरिकी डलर फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।