अवैध लागूऔषध गाँजा सहित एक पक्राउ

13

(ललितपुर) – लागू औषध गाँजा सहित ललितपुरबाट एक जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका १२ प्रयागपोखरीबाट अवैध लागूऔषध गाँजा २२ किलोग्राम सहित सोही स्थान बस्ने ४४ वर्षीय भुषण कृष्ण श्रेष्ठलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

साथै श्रेष्ठको घरको छतमा लगाएको ५५ बोट गाँजा समेत प्रहरीले नष्ट गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

समाचार वर्गहरू