आइसोलेशन वार्डमा शय्या अभावमा कोरोना संक्रमित घरमै

52

धनकुटा – आइसोलेशन वार्डमा शय्या अभाव हुँदा धनकुटामा कोरोना संक्रमित घरमै बाध्य छन् ।

शनिबार मात्रै धनकुटामा १३ प्रहरी, टेलिकम कार्यालयका ४ कर्मचारी, एक जना ब्यापारी र एक जना बैंकका कर्मचारी सहित १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएका १३ प्रहरी क्वारेन्टिनमा बसेका छन् । बाँकी ६ जना आ–आफ्नै घरमा बसेका छन् ।

मोरङको गोठगाउँ तथा विराटनगरमा निर्माण गरिएको कोभिड अस्पतालमा शय्या अभाव तथा धनकुटामा आइसोलेशन वार्ड तयार भइनसकेकाले उनीहरुलाई घरमै बस्न भनिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईँले जानकारी दिए ।

जिल्लाको अमलेटारस्थित औद्योगिक ग्रामको भवनमा २० शैय्या क्षमताको आइसोलेसन कक्ष बनाउन सुरु गरिए पनि तयार नभएकाले संक्रमितलाई घरमै बस्न भनिएको हो ।

समाचार वर्गहरू