आज विश्व खाद्य दिवस, विभिन्न कार्यक्रम गरी मनाईदै

15

काठमाडौं – आज विश्व खाद्य दिवस, बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । कृषिको उब्जनी बढाएर खाद्य सुरक्षाको संरक्षणका लागि जोड दिँदै आज बिभिन्न कार्यक्रम हुँदैछन् । सन् १९४५ अक्टोबर १६ मा स्थापना भएको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको आह्वानमा दिवस मनाउन थालिएको हो ।

सन् १९७१ मा राष्ट्र संघको २० औँ साधारण सभाले खाद्य तथा कृषि संगठनको स्थापनाको अवसरमा दिवस मनाउने प्रस्ताव पारित गरेपछि सन् १९८१ अक्टोबर १६ तारिखदेखि यो दिवस मनाउन थालिएको हो । नेपालले सन् १९५१ नोभेम्बरमा खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो । खाद्य दिवसको अवसरमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागले भने ‘खाद्य स्वच्छता दिवस’ भनेर पनि यो दिवस मनाउने गरेको छ ।

कृषि प्रधान मुलुक नेपालमा ८० प्रतिशतभन्दा बढी मानिसहरु कृषिमा निर्भर रहेका कारण यहाँ तिब्र भोकमरीको समस्या नभएपनि कर्णाली क्षेत्र लगायत हिमाली जिल्लाहरुमा भने बर्षमा ६ महिना चर्को खाद्य संकट भने हुने गरेको छ । संसारभर बर्षेनी १ करोड भोकमरीको चपेटामा पर्ने गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ । त्यस्तै संसारका झण्डै ९० करोड मानिसका अगाडि भोकमरीको चुनौति छ । नेपालको सन्दर्भमा २०७२ बैशाख १२ गतेको महाविनासकारी भूकम्पले झनै समस्या थपिएको छ ।

आजका दिन विश्वभर मनाइने सो दिवसमा नेपालमा पनि भव्य रुपमा मनाउने सरकारको तयारी छ । ‘पहलः स्वस्थ आहार, भोकमुक्त संसार’ भन्ने मूल नाराका साथ भोली ३९ औं विश्व खाद्य दिवसमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउन लागिएको विभागका महानिर्देशक सूर्यप्रसाद पौडेलले जानकारी दिए ।

कार्यक्रम अनुसार बुधबार सो दिवसको अवसर पारेर बिहान ८ बजेदेखि १० बजेसम्म ललितपुरको हरिहर भवनदेखि जावलाखेल र जावलाखेलदेखि हरिहरभवनसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिनेछ । त्यसैगरी १० बजेदेखि २ बजेसम्म कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालको प्रमुख आतिथ्यमा विश्व खाद्य सम्बन्धि औपचारिक कार्यक्रम आयोजना हुने पनि विभागका महानिर्देशक पौडेलले बताए । नेपालले खाद्य सुरक्षाको महत्व उजागर गर्ने उद्देश्यका साथ सन् १९८१ देखि सो दिवसमा राष्ट्रिय रुपमा मनाउँदै आएको छ ।

समाचार वर्गहरू