आजबाट हलमा ‘लभ डायरीज’

51

मध्यबिन्दु/काठमाडौं – बारम्बार प्रदर्शन मिति सर्दै आएको चलचित्र ‘लभ डायरीज’ अन्ततः प्रदर्शनमा आएको छ । विविध कारणवश बारम्बार प्रदर्शन मिति सरेपनि अन्तत प्रेम दिवसको अवसर पारेर आज शुक्रबारदेखी चलचित्र एकसाथ देशभर प्रदर्शन गरिएको हो ।
त्रिकोणात्मक प्रेमकथामा आधारित यस चलचित्रमा सुशिल श्रेष्ठ र रुविना थापा मुख्य भूमिकामा रहेका छन् ।

सौरभ चौधरीको निर्देशनमा तयार भएको चलचित्रले प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएकाले पनि यो चलचित्र सफल हुने निर्माण पक्षको विश्वास छ ।

समाचार वर्गहरू