इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्नु – सर्वोच्च

18

काठमाडौं – सर्वोच्च अदालतले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले आइतबार सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता रामबहादुर राउत, रामेश्वर राउत मातृदासलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, यातायात व्यवस्था विभागलगायतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

तत्कालीन सरकारले २०८२ असोज १ गतेबाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो ।

भाषा आयोगलगायतले पनि इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा नै हुनुपर्ने माग गर्दै आएका छन् ।

समाचार वर्गहरू