ईपीएल खेल्न क्रिस गेलसहित विश्व चर्चित क्रिकेटरहरु नेपाल आउने पक्का

55

मध्यबिन्दु/काठमाडौं – विश्व क्रिकेटका उत्कृष्ट खेलाडीमध्येका एक क्रिस गेल क्रिकेट खेल्न नेपाल आउने पक्का भएको छ । एभरेष्ट प्रिमियर लीग (ईपीएल) खेल्न उनी नेपाल आउने पक्का भएको आयोजकले जनाएको छ । उनले पोखरा राइनोजबाट खेल्ने भनिए पनि कति रकममा अनुबन्ध भएका हुन् भन्ने बारे खुलाइएको छैन । गेलले दुई खेल मात्रै खेल्नेछन् ।

गेल ईपीएल खेल्नको लागि मात्र नभई नेपाल भ्रमण वर्ष २०२० को प्रचार गर्नका लागि समेत नेपाल आउन लागेका आयोजकले जनाएको छ ।
गेलसहित प्रतियोगितामा दक्षिण अफ्रिकाका पूर्वकप्तान हसिम अमला, वेष्ट इन्डिजका ड्वायने स्मिथ, श्रीलंकाका उपुल थराङ्गा र अफगानिस्तानका मोहम्मद शहजाद पनि इपीएल खेल्न नेपाल आउने छन् ।

६ क्लबको सहभागीता रहने इपिएल मार्च १४ देखि २८ सम्म कीर्तिपुर मैदानमा हुनेछ ।

समाचार वर्गहरू