काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’ को रिलिज रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । बादी समूदायका केही अभियन्ताले उक्त चलचित्रविरुद्ध रिट हालेका थिए ।
उच्च अदालतले अगामी २२ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । त्यतिञ्जेलसम्म चलचित्र प्रदर्शन नगर्न आदेश गरिएको हो । लालीबजारको आज प्रिमियर शो आयोजना गरिएको छ । अदालतको आदेशपछि चलचित्र शुक्रबार प्रदर्शनमा नआउने भएको छ ।
उच्च अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाले २२ गतेको छलफलपछि चलचित्रबारे निर्णय हुने बताए । याम थापा निर्देशित यो चलचित्र बादी महिलाको कथामा आधारित रहेको छ । चलचित्रको ट्रेलर सार्वजनिक भएपछि केही वादी अभियन्ताहरुले विरोध जनाएका थिए ।
चलचित्रले वादी समूदायलाई बदनाम गर्न खोजेको उनीहरुको आरोप छ । ‘लालीबजार नाममाथि पनि उनीहरुले आपत्ति जनाएका छन् । डा. रोशनी नेपाली वादी लगायत वादी समुदायका केही अभियान्ताहरुले चलचित्रविरुद्ध रिट निवेदन हालेका थिए ।लालीबजार’ले वादी समुदायलाई नैतिक, सामाजिक र व्यवहारिक रूपले गलत देखाएको उनीहरूको आरोप छ ।
रिट निवेदक रोशनीले भनिन्, ‘यो चलचित्रले वादी समुदायलाई नैतिक, सामाजिक र व्यवहारिक हिसाबले एकदमै गलत देखाएको छ । यो चलचित्र कतै पनि प्रदर्शन हुनुहुन्न । चलचित्रलाई रोक्नकै लागि हामीले अदालतको ढोका ढकढक्याएका हौँ ।’ उच्च अदालतले अगामी २२ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
त्यतिन्जेलसम्म चलचित्र प्रदर्शन नगर्न आदेश गरिएको छ । ‘लालीबजार’को आज आयोजना गरिएको प्रिमियर शो निर्माण पक्षले क्यान्सिल गरेको छ । फिल्मले वादी समुदायको पहिचान नै यौन व्यवसायसँग मात्र सम्बन्धित छ भनेर चित्रण गरिएको छ ।
यस्तो सन्देश गलत हो । राख्छ भनेर देखाइएको छ । फिल्मले हाम्रो आत्मसम्मनको हत्या गरेको छ । भावी पुस्तालाई यसले असर गर्नेवाला छ । ‘लालीबजार’ हेर्नलायक थियो भने हाम्रो समर्थन नै हुन्थ्यो । तर, त्यो फिल्म हेर्दा म स्तब्ध भएँ । सुकिसकेको घाउलाई कोट्याइयो । त्यो पीडा थियो, शोसन थियो, समाजले जबरस्ती दिएको घाउ थियो । लालीबजारले त्यो घाउलाई कोट्याइयो ।