काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनका लागि अञ्जन श्रेष्ठ समूहको प्यानल घोषणा गरिएको छ । सोमबार एक कार्यक्रम आयोजना गर्दै यस समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको हो । यस प्यानलमा वस्तुगत संघको तर्फबाट शिवप्रसाद घिमिरेले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
त्यस्तै, एसोसिएटतर्फको उपाध्यक्षमा प्रवल जंग पाण्डे, जिल्ला नगरको तर्फबाट उपाध्यक्षमा दिल सुन्दर श्रेष्ठ र कृष्ण प्रसाद शर्माले उम्मेदवारी दिएका छन् । वस्तुगत संघको लागि कार्यकारिणी सदस्य उम्मेदवारहरूमा अरनिको राज भण्डारी, रबिन पुरी, राजकुमार कार्की, नानिराज घिमिरे, संघर्ष विष्ट लगायत रहेका छन् ।
यस प्यानललाई आगामी कार्यकालका लागि अध्यक्ष अञ्जन श्रेष्ठको समर्थन रहेको छ । आफू पदको लागि भन्दापनि काम गर्नको लागि जोड दिएको बताए । आफ्नो उम्मेदवारी किन दिएको भन्नेबारे स्पष्ट पार्दै उनले अगाडी भने, ‘म यहाँ केहि लिन आएको होइन । केहि दिन आएको छु ।
महासंघमा पद ओगट्ने भन्दा काम गर्ने व्यक्तिको खाँचो छ । त्यसकै लागि मैले उम्मेदवारी दिने घोषणा गर्दछु ।’ महासंघको निर्वाचन यहि चैत्र ३० गते हुनेछ । महासंघले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ ।