ऊर्जामन्त्री र अष्ट्रियन प्रतिनिधिमण्डलबीच भेटवार्ता

16

(काठमाडौं) – ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र अष्ट्रियाको यातायात तथा प्रविधि उपमन्त्रीका सल्लाहकार सोन्जा स्टीलर नेतृत्वको प्रतिनिधिमण्डल बीच भेटवार्ता भएको छ । ऊर्जा संयन्त्रको बैठकमा सहभागी हुन नेपाल आएका उक्त टोलीले मन्त्री पुनसँग सोमबार भेटवार्ता गरेको हो ।

भेटमा सल्लाहकार सोन्जा स्टीलरले नेपालको जलविद्युत क्षेत्रका दुई परियोजनामा थप लगानी गर्न दुवै पक्षको सहमत भएको जानकारी दिएकी थिईन ।

मन्त्री पुनले ऊर्जा संयन्त्रको पहिलो बैठकले ऐतिहासिक निर्णय गरेको भन्दै नेपालको उर्जा क्षेत्रमा लगानी गर्ने अष्ट्रिया सरकारको निर्णय प्रति आभार व्यक्त गरे । जलविद्युत क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको भन्दै अष्ट्रियासँग नेपालले ऊर्जा समझदारीमा हस्ताक्षर गरेको युरोपको पहिलो देश भएको जानकारी दिए ।

मन्त्री पुनले आगामी दिनमा दुवै देशबीच ऊर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधिक सहयोग तथा ऊर्जा क्षेत्रका अनुभवहरुलाई आदानप्रदान गर्न संयन्त्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

समाचार वर्गहरू