काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सरस्वती युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो ।
पुलिसलाई जित दिलाउन सुमन लामा र भोला सिलवालले एक एक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा अन्जन राईले दाहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा पुलिस १० खेलाडीमा सिमित भएको थियो ।
लिगको सातौं स्थानमा रहेको पुलिसले ३ खेलबाट ४ अंक जोडेको छ । लगातार तेस्रो हार व्यहोरेको सरस्वती लिगको पुछारमा रहेको छ ।