एक दिनमा किन दुईपटक जारी गरियो प्रधानमन्त्रीको अफिसियल फोटो

88

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको आधिकारिक तस्विर एक दिनमा दुईपटक जारी गरिएको छ ।

आज दिउँसो सार्वजनिक तस्विरमा सानो संशोधन गरी दोस्रोपटक जारी गरिएको हो । सुरुको तस्विरमा बालेनले लगाएको चश्मामा ब्राण्डको नाम ‘रेबन’ स्पष्ट देखिएको थियो ।

दोस्रो तस्विरमा एडिट गरेर सो नाम मेटाइएको छ । अन्य कुराहरु यथावत छन् । कालो पोशाक, कालो टोपी र कालै चश्मामा सजिएका दुवै कानमा टपसमेत लगाएका छन् ।

सरकारी कार्यालयहरुमा राष्ट्रपति र प्रधानमन्त्रीको आधिकारिक तस्विर टाँग्ने प्रचलन छ । सोही प्रयोजनका लागि तस्विर सार्वजनिक गरिएको हो ।

समाचार वर्गहरू