एनसेलबारे छलफल गर्न लेखा समितिको बैठक बस्दै

16
फाइल फोटो

काठमाडौं – संघीय संसद्को सार्वजनिक लेखा समितिको बैठक बुधबार (आज) बैठक बस्ने भएको छ । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको सेयर खरिद–बिक्रीबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

बुधबार दिउँसो २ बजे बस्ने बैठकमा एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा प्रारम्भिक छलफल हुने समितिका सचिव एकराम गिरीले जानकारी दिए ।

यसअघि समितिले एनसेलको सेयर खरिद–बिक्रीमा कर छलीको आशंका गर्दै नियामक निकायसँग जवाफ माग गरिसकेको छ ।

आइतबार समितिले तीनवटा नियामक निकाय आन्तरिक राजस्व विभाग, नेपाल दूरसञ्चार प्राधिकरण र कम्पनी रजिस्ट्रारको कार्यालयसँग जवाफ मागेको थियो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू