एमाले दशौं महाधिवेशन,बादल संयोजक अष्टलक्ष्मी सदस्य

41

काठमाडौं – नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको संयोजकत्वमा गठित दशौं महाधिवेशनको मूल व्यवस्थापन समितिको सदस्यमा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राखिएको छ ।

बुधबार एमालेले सार्वजनिक गरेको बादलको संयोजकत्वमा गठित समितिमा यस्तो देखिएको हो ।समितिमा सहसंयोजक सुरेन्द्रप्रसाद पाण्डे छन् भने सचिवमा विष्णु रिमाल छन् ।

बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री समेत रहेकी शाक्यलाई सदस्य बनाउनु अर्थपूर्ण छ । उनी एमालेमै रहेपनि अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै आएकी छिन् । बादल माओवादीबाट एमालेमा पुगेका हुन् । उनी बागमती प्रदेशको इञ्चार्ज बनाइएका छन् । यसअघि अष्टलक्ष्मी शाक्य बागमतीको इञ्चार्ज थिइन् ।

यसैगरी, समितिको सदस्यहरुमा पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, रघुजी पन्त, छलिवाल विश्वकर्मा, रघुवीर महासेठसहित २३ जनालाई राखिएको छ ।

समाचार वर्गहरू