एमाले महाधिवेशन – भोट हाल्न प्रतिनिधि लाइनमा, ओली पनि पुगे भृकुटीमण्डप

105

काठमाडौं – नेकपा एमालेको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदानको व्यग्र प्रतीक्षा भइरहेको छ । प्रतिनिधिहरू घन्टौंदेखि लाइन बसे पनि मतदान कति बजे सुरु हुन्छ भन्ने टुंगो छैन ।

आज बिहान १० बजे मतदान सुरु हुने सुरुवाती तालिका भएता पनि सर्दै सर्दै अबेर भएको हो । उम्मेदवारको सूची संशोधन गरिएकाले विद्युतीय मतदान मेसिनमा विवरण इन्ट्री गर्न ढिलाइ भएको थियो ।

अहिले पनि कति बजे मतदान सुरु हुन्छ भनेर आधिकारिक जानकारी दिइएको छैन । केही नेताहरुले ९ बजेसम्ममा सुरु हुने बताइरहेका छन् ।

अध्यक्ष ओली केहीबेर अघि मात्रै मतदानस्थल आइपुगे । पार्टीका अन्य सबै उम्मेदवार र नेताहरू पनि भृकुटीमण्डपमै छन् ।

आज दिनभरि उनीहरू भोट माग्न व्यस्त रहे । महाधिवेशन प्रतिनिधि भने चाँडो भोट हालेर सुत्न जान पाइने आशा छन् । मतदान प्रक्रिया रातभर चल्न सक्ने बताइएको छ ।

समाचार वर्गहरू