एमाले महाधिवेशन, भोटहाल्न लाइन लाग्न थाले प्रतिनिधि

70

काठमाडौं – नेकपा एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान हुने चरणमा छ।

बिहान ८ बजेदेखि तय भएको मतदानका लागि प्रतिनिधिहरू भृकुटीमण्डपमा उपस्थित हुन थालेका छन्। अहिले मतदानका लागि प्रतिनिधिहरू लाइन बस्न थालेका छन्।

मतदानस्थल भने परिवर्तन भएको छ। भृकुटीमण्डपको हल बुधबारका लागि अरूले नै भाडामा बुकिङ गरिसकेको हुनाले एमालेले बन्द सत्र भएकै स्थानमा मतदान गर्ने भएको छ।

एमालेको जारी महाधिवेशनका लागि २ हजार २६२ जना प्रतिनिधि चुनिएर आएका छन्।

एमालेले आफ्नो महाधिवेशनमा रामलक्ष्मण इनोभेसन प्रालिले बनाएको विद्युतीय भोटिङ मेसिन् प्रयोग गर्दै आइरहेको छ।

यसपालि पनि सोही कम्पनीले बनाएको मेसिन प्रयोग गर्नेछ। यसपालि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुनेछ।मतदान गर्न एकजना मतदातालाई कम्तीमा ३५-४० मिनेट लाग्नेछ। विद्युतीय मतदान भएकाले मतदान सकिएको कम्तिमा २ घन्टामा परिणाम सार्वजनिक हुनेछ।

रामलक्ष्मण इनोभेसन प्रालिका प्राविधिक लक्ष्मण रिमालका अनुसार उपकरणमा डाटा इन्ट्री सकिएर मतदानका लागि तयारी अवस्थामा राखिएको छ।

समाचार वर्गहरू