एम्बुलेन्सको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

49

(कैलाली) – एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । दुर्घटनामा परी कैलालीको गौरीगङ्गा नगरपालिका ८ का ३५ वर्षीय गोरख ऐरको मृत्यु भएको हो ।

कैलालीको गौरीगङ्गा नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गमा से १ च १८२८ नम्बरको एम्बुलेन्सले विपरीत दिशामा रहेको म २ प ५३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडी सवार ऐरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी सशस्त्र प्रहरी बेसक्याम्प पहलमानपुरमा कार्यरत थिए । दुर्घटनामा घाइते भएका ऐरको उपचारका क्रममा घोडाघोडी अस्पताल सुख्खडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्स सहित चालक आशाराम चौधरीलाई प्रहरी नियन्त्रणमा लिइएको छ । मोटरसाइकल चालक भरत बोहराको अवस्था सामान्य रहेको छ ।

समाचार वर्गहरू