ओखलढुंगाको मानेभञ्ज्याङ ७ का मतदाताद्वारा मतदान बहिस्कार

7

काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीयले मतदान बहिष्कार गरेका छन् । मानेभञ्ज्याङ ७ मा रहेको सहिद स्मृती आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा अहिलेसम्म पनि मत हाल्न कोही पनि नआएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रान्तीले बताए ।

उनका अनुसार, अहिलेसम्म एक जनाले पनि मतदान गरेका छैनन् । सो केन्द्रमा ७०१ जना मतदाता रहेका छन् । प्रमुख जिल्ला अधिकारी मंगरातीले भने,‘ ‘अहिलेसम्म कोही पनि मतदाता आउनुभएको छैन ।’

image

मानेभञ्ज्याङको वडा नम्बर ७ मा ८ वर्ष अगाडिदेखि प्रादेशिक अस्पताल बनाउने तयारी थियो । डीपीआर बनेर सबै प्रक्रिया अगाडि बढ्दा पनि अस्पताल नबनेको बिरोधमा स्थानीयले निर्वाचन बहिस्कार गरेका हुन् ।

वडा नम्बर ७ का वडाअध्यक्ष विष्णु प्रसाद गौतमले अस्पताल नबनेको भन्दै स्थानीयले मतदान नै बहिस्कार गरेको बताए । उनले भने, ‘अस्पताल बनाउनका लागि १६६ रोपनी जग्गा पनि प्राप्ती भएको छ ।’ जग्गा प्राप्ती हुँदा पनि अस्पताल नबनेका कारण स्थानीय मत हाल्न आएका छैनन् ।

समाचार वर्गहरू