काठमाडौँ । अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
काठमाडौँ जिल्ला अदालका न्यायाधीश आनन्द श्रेष्ठले नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली र नेपाली कांग्रेसका नेता लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो।
जेनजी आन्दोलनमा दमन गरेको भन्दै सरकारको निर्देशनमा प्रहरीले ओली र लेखकलाई शनिबार पक्राउ गरेको थियो।
प्रहरीले दुवै जनालाई म्याद थपका लागि अदालत लगेको थियो।