ओलीको रोजाइमा टोपबहादुर र जनार्दन

40
फाइल फोटो

काठमाण्डौं – नेकपाभित्रको आन्तरिक झगडा मिलाउन मन्त्रिपरिषद् हेरफेर र विस्तारका लागि दौडधुप बाक्लिएको छ । यसैक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी खेमाका दुई जना व्यक्तिलाई मन्त्रिपरिषद्मा राख्न खोजेको बुझिएको छ । अहिलेको मन्त्रिपरिषदमा ६-७ जना मात्र हेरफेर गर्न पाए हुन्थ्यो भन्ने प्रधानमन्त्रीको चाहना देखिएको छ ।

नेकपा फुटको संघारमा पुग्दा आफुलाई सघाएका तत्कालिन माओवादी नेता टोपबहादुर रायमाझी र जनार्दन शर्मा प्रभाकरलाई ओलीले मन्त्री बनाउन खोजेको बुझिएको छ । यसो गर्दा वहालवाला केही मन्त्रीका पद भने धरापमा पर्नेछन् । तीमध्ये भूमिव्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल,संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र शिक्षामन्त्री गिरिराजमणी पोखरेलसमेत पर्नेछन् ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने नारायणकाजी श्रेष्ठ र बामदेवलाई मन्त्री बनाउने पक्षमा देखिन्छन् । भर्खर सांसद बनाइएका बामदेव गौतमलाई भने तत्काल मन्त्री बनाउन सर्वोच्च बाधक बनेपछि केही समय पर्खनुपर्ने भएको छ । सर्वोच्चले बाटो खोलेदेखि बामदेवको नजर अर्थमन्त्रालयमा छ । तर प्रधानमन्त्री यसमा सकारात्मक देखिंदैनन् ।

समाचार वर्गहरू