काँग्रेस किचलो – रमेश लेखकको क्षेत्रका सभापतिको जिम्मेवारी खोसियो

62

काठमाडौं । नेपाली कांग्रेसले पूर्वगृहमन्त्री रमेश लेखकको निर्वाचन क्षेत्रका सभापति केशव चन्दको जिम्मेवारी खोसेको छ ।

क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गरेको भन्दै पार्टीले कञ्चनपुर–३ का क्षेत्रीय सभापति चन्दको जिम्मेवारी खोसेको हो ।

उनले अद्यावधिकको काम अघि नबढाएपछि कांग्रेसले उपसभापति पदमराज अवस्थीलाई जिम्मेवारी दिएको बताइएको छ । पार्टीले खटाएका केन्द्रीय प्रतिनिधिहरू नरेन्द्रप्रसाद भट्ट र पदमराज पन्तले क्षेत्रीय उपसभापति अवस्थीलाई अद्यावधिकको काम अघि बढाउन भन्दै पत्र दिएका छन् ।

पत्रमा क्षेत्रीय कार्यसमितिको विस्तृत बैठक आह्वान गरेर २१ जेठभित्र क्षेत्रअन्तर्गत गर्ने सबै वडाहरूको क्रियाशील सदस्यता अद्यावधिक काम सम्पन्न गर्न पनि पत्रमा भनिएको छ ।

यसैबीच अद्यावधिकको जिम्मेवारी खोसिएपछि क्षेत्रीय सभापति चन्दले सानातिना कुराले नडगमगाउने प्रक्रियता दिएका छन् । ‘कांग्रेसका लागि लडेका हौं । सानोतिनो कुराले डग्मगाउँदैनौं,’ उनले भने, ‘अझ सशक्त भएर लड्ने छौं । निष्ठा र नैतिकता मा अट्ल छौं ।’

समाचार वर्गहरू