काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई केन्द्रीय विभागहरूको प्रमुखमा मनोनयन गरेका छन्।
कांग्रेसको विधानअनुसार पार्टीको महाधिवेशन भएको ६ महिनाभित्र विभागलाई पूर्णता दिनुपर्ने भएपनी २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनको झण्डै तिन बर्षपछी देउवाले ३७ केन्द्रीय विभागहरूको प्रमुखमा मनोनयन गरेका छन्।
कांग्रेसमा कुल ७० वटा विभाग रहेका छन् । जसमध्ये अहिलेसम्म सभापति देउवाले ५४ विभाग विस्तार गरेका छन्।
कुन विभाग प्रमुखमा को हेर्नुस् सूची –
स्थानीय तह समन्वय विभाग – मधु आचार्य
अभिलेख, अनुगमन तथा मूल्याङ्कन विभाग – मानबहादुर विश्वकर्मा
संघीय मामिला समन्वय विभाग – चन्द्रबहादुर के.सी.
संसदीय मामिला विभाग – गोविन्दबहादुर शाह
कानुन विभाग- मानबहादुर नेपाली
विद्यार्थी विभाग- राजीव ढुंगाना
पेशागत तथा वुद्धिजीवी विभाग – डा. डिला संग्रौला
शिक्षा विभाग- नैनसिंह महर
स्वास्थ्य विभाग- डा. चन्द्रमोहन यादव
निर्माण व्यवसाय समन्वय विभाग – मदनबहादुर अमात्य
सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभाग – शिवप्रसाद हुमागाँई
कृषि तथा किसान विभाग- उमेश श्रेष्ठ
खेलकुद विभाग – उमेशजंग रायमाझी
प्राकृतिक स्रोत विभाग – तारामान गुरुङ
साहित्य, कला तथा संस्कृति विभाग- विद्यादेवी तिमिल्सिना
दलित समुदाय समन्वय र सशक्तिकरण विभाग – लक्ष्मी परियार
द्वन्द व्यवस्थापन तथा मेलमिलाप विभाग – कृष्णकिशोर घिमिरे
मुस्लिम विभाग- मैकुलाल वाल्मिकी
वित्तिय संस्था समन्वय विभाग- कर्णबहादुर बुढा
विज्ञान तथा सूचना प्रविधि विभाग – सुशीला मिश्र भट्ट
भू.पू. सैनिक विभाग – महेन्द्र कुमारी लिम्बू
आर्थिक नीति तथा योजना विभाग – प्रा.डा. गोविन्दराज पोखरेल
शुभेच्छुक संस्था समन्वय विभाग – अब्दुल सत्तार
श्रमिक तथा ट्रेड युनियन विभाग – हरिशरण नेपाली
भूमि व्यवस्था तथा भूमिहिन, अव्यवस्थित बसोबास समन्वय विभाग – नृपबहादुर वड
मानव अधिकार विभाग – धना खतिवडा
वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग – कल्याणकुमार गुरुङ
ऊर्जा तथा जलस्रोत विभाग – अनिलकुमार रुंगटा
बालबालिका तथा किशोर-किशोरी समन्वय विभाग – डा. जीवन राना
नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभाग – लक्ष्मी खतिवडा
व्यवसायिक सिप विकास विभाग- गंगालक्ष्मी अवाल
विपन्न उत्थान समन्वय विभाग – डा. गोपाल दहित
सामाजिक संघ संस्था समन्वय विभाग – अर्जुनप्रसाद जोशी
पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभाग – अजयवावु शिवाकोटी
धर्म–संस्कृति समन्वय विभाग – ध्यानगोविन्द रञ्जित
पूर्व आप्रवासी समन्वय विभाग – दिनेश कोइराला