कांग्रेस उपसभापति र महामन्त्रीद्वयद्वारा ओलीलाई समवेदना व्यक्त

9

भक्तपुर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मासहित कांग्रेस पदाधिकारीको टोलीले पितृ शोकमा रहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना व्यक्त गरेका छन्।

आज भक्तपुरस्थित अध्यक्ष ओलीको निवास गुण्डु पुगेर उपसभापति शर्मा र महामन्त्रीद्वय प्रदीप पौडेल तथा गुरुराज घिमिरेले समवेदना व्यक्त गर्नुका साथै ओलीका दिवंगत पिता मोहनप्रसाद ओलीको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरे। त्यसैगरी नेकपाका नेता रेणु दाहाल र गंगा दाहालले पनि आजै गुण्डुस्थित ओली निवास पुगेर समवेदना व्यक्त गरे।

समाचार वर्गहरू