कांग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

27

काठमाडौं – सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही समयमै स्थगित गरिएको छ।

कार्यवाहक सभापति खड्का वार्तामा व्यस्त रहेकाले बैठक उपसभापति धनराज गुरुङले सुरु गरेका थिए ।

बैठक सुरु भएको खबर पाउनासाथ नेतृत्व तहमा थप छलफल आवश्यक ठहरिएपछि बैठक स्थगित गरिएको जनाइएको छ । स्थगित बैठक भोलि बिहान ८ बजे बस्ने गरी तय भएको नेता गुरु बरालले जानकारी दिए ।

‘अहिले पार्टीलाई विभाजनतिर लगेर कसैलाई फाइदा छैन । नेपाली जनता र देशलाई पनि फाइदा छैन । जसले जे भने पनि प्रजातन्त्रको धरोहर र यो राष्ट्रलाई बजबुत बनाउने धरोहर भनेकै नेपाली कांग्रेस नै हो । अरु कसैले सक्दैन । नयाँ पार्टीले पनि सक्दैन । पुराना पार्टीले पनि त्यो विश्वसनीयता दिन सक्दैन भन्ने हामीलाई राम्रो थाहा छ,’ उनले भने ।

बालुवाटारमा महाधिवेशन आयोजक पक्ष, सभापति शेरबहादुर देउवा समर्थक पक्ष र नेता शेखर कोइराला पक्षधरबीचको त्रिपक्षीय वार्तापछि सहमतिको विन्दु तयार हुन्छ कि भन्ने हेतुले भोलि ८ बजेसम्मका लागि स्थगित गरिएको उनले जानकारी दिए ।

समाचार वर्गहरू