कांग्रेस केन्द्रीय कार्यसमिति बैठक साउन दुई गतेसम्मकालागी स्थगित

17

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ।

झण्डै एक बर्षपछी काँग्रेस केन्द्रिय समितिको बैठक बुधबार दिउँसो १ बजेका लागि  तय भएको थियो।

काँग्रेस केन्द्रीय समिति बैठक आगामी साउन दुईगतेसम्मकालागी स्थगित भएको काँग्रेस सह महामन्त्री जिवन परियारले बताए।

उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधन भएपछि बैठक स्थगित भएको हो। यसका साथै प्रतिधी सभा तथा राष्ट्रिय सभाको बैठक पनि चलिरहेकोले पार्टीको बैठक साउन दुईगते राखिएको उनको भनाई थियो ।

यसबीच भएका महत्त्वपूर्ण राजनीतिक घटनाक्रममा केन्द्रीय कार्यसमिति छल्दै विधिविधानबमोजिम पार्टी नचलाएको, संगठन शिथिल पारेको र पार्टीलाई सत्ता राजनीतिमा मात्रै प्रयोग गरेर वैचारिक धार कमजोर बनाएको लगायत आरोप सभापति शेरबहादुर देउवालाई लाग्दै आएको छ ।

पार्टी नेताहरूकै चर्को दबाबपछि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक एक वर्षपछि बुधबारका लागि डाकिएको थियो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू