कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

56

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ। साउन २८ गते स्थगित भएको बैठक आज पुनः बस्न लागेको पार्टी कार्यालयले जनाएको छ।

गत साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी हुँदै स्थगित भएको बैठक त्यहिबाट सुरु हुने बताइएको छ।

बैठकमा महामन्त्री गगन थापाको चुनावी गठबन्धन गर्न नहुने  र अर्का महामन्त्री शर्माको प्रधानमन्त्री, मन्त्री तथा सांसद कति पटक हुने भन्ने सीमा तय गर्नुपर्ने बारेको प्रस्तावलाई पार्टी सभापति शेरबहादुर देउवा समूहले ‘काउन्टर’ गर्न थालेपछि पार्टीको केन्द्रीय कार्यसमितिको बैठक ११ दिन रोकिएको थियो।

काँग्रेसमा महामन्त्री द्वयको प्रस्तावको संस्थापन पक्षले प्रतिकार गर्दै आएका छन् भने इतर पक्ष बचाउमा छन् ।

समाचार वर्गहरू