कांग्रेस केन्द्रीय समिति बैठक दुईदिन पछी सर्‍यो

75

काठमाडौं – शनिबारका लागि तय भएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सोमबारका लागि सरेको छ ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार दिउँसो २ बजे डाकिएको बैठक सोमबार दिउँसो २ बजे बस्ने छ ।

पार्टीको आगामी महाधिवेशनको मितिमा सहमति खोज्न आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक निष्कर्षविहीन भएपछि बैठक सारिएको हो ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन अघि वा निर्वाचनपछि महाधिवेशन हुनुपर्ने भन्नेमा कांग्रेसभित्र मत विभाजित छ ।

समाचार वर्गहरू