कांग्रेस नेता बस्नेतद्वारा बाढी प्रभावितलाई सहयोग

8

सिन्धुपाल्चोक – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले हेलम्बु ६ र मेलम्चीको एउटा गरि ७ वटा वडाहरूलाई प्रति वडा नगद १–१ लाखका दरले आर्थिक सहयोग गरेका छन् ।

नेपाली कांग्रेसको विपद व्यबस्थापन समिति संयोक समेत रहेका नेता बस्नेतले बुधबार स्थानीय जनप्रतिनिधि र नेपाली कांग्रेसका वडा इकाई सभपातिहरूको रोहबरमा आर्थिक सहयोग गरेका हुन् । नेता बस्नेत आर्थिक सहयोग हेलिकप्टरमार्फत हेलम्बु पुगेका थिए  ।

यसैक्रममा ग्याल्थुममा निर्माण हुँदै गरेको एकीकृत बस्तीलाई जेनेरेटर खरिद गर्नको लागि कांग्रेस नेता बस्नेतले ५० हजार रुपियाँ पनि हस्तान्तरण गरेका छन् । उक्त राहत स्वरुप नगद रकम हस्तान्तरणमा सुनकोसी गाउँपालिकाको विशेष सहयोग रहेको बस्नेतले बताएका छन् ।

‘बाढीपहिरोबाट पीडा ग्रस्त हेलम्बुका ६ ओटै वडाहरू र मेलम्ची नगरपालिका वडा नं. ६ तालामाराङलाई नेपाली कांग्रेस वडा इकाई सभापतिहरू र निर्वाचित जनप्रतिनिधिहरूको रोहबरमा रु. १ लाखको दरले नगद रकम राहत स्वरुप हस्तान्तरण गरिएको छ’, कांग्रेस नेता बस्नेतले भनेका छन् ।

कांग्रेस नेता बस्नेतले बाढीग्रस्त क्षेत्रमा निरीक्षण गर्न र पुल निर्माणको लागि स्थलगत अवलोकन गरिदिन प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन् ।

‘सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गर्दछु र स्वदेश तथा विदेशमा रहनुहुने सहयोगी मनहरूमा सहयोग कार्यमा जुट्न हार्दिक अपील गर्दछु’, बस्नेतले भनेका छन् ।

कांग्रेस नेता बस्नेतले सिन्धुपाल्चोक जिल्लाका बाढीपहिरो पीडितलाई सहयोग गर्दै आएका छन् । उनले कोरोना महामारीका बेला पनि कोरोना अस्थायी अस्पताल बनाउनेदेखि उपचारमा ठूलो सहयोग गरेका छन् ।

समाचार वर्गहरू