काठमाडौं – नेपाली कांग्रेसले पार्टी प्रतिनिधिसभा पुनर्स्थापनामा सहभागी नहुने जनाएको छ।
आइतबार, विघटित प्रतिनिधिसभाका सभामुखसँग नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौलाले छलफल गरेका थिए ।
सो छलफलमा प्रमुख सचेतक घिमिरेले पार्टीभित्र प्रतिनिधिसभा पुनर्स्थापनाका विषयमा एकमत नभएको र केही समूह तथा महामन्त्री गगन थापाले पनि यसमा सहमति नदिएको कारण कांग्रेसले पुनर्स्थापनामा जान नचाहेको जानकारी गराएका थिए ।
बैठकपछि, कांग्रेसका नेताहरूले सभामुख घिमिरेलाई पार्टीको निर्णय–प्रतिनिधिसभा पुनर्स्थापनामा नजाने भन्ने जानकारी दिएका हुन्।
कााग्रेसको यो निर्णय बाहिर आउनासाथ निर्वाचनको विपक्षमा एमाले एक्लिएको छ । शनिबार मात्रै प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा एमालेले देशभर प्रदर्शन गरेको थियो ।