कांग्रेस सभापति गगन थापाले मैतीदेवी मन्दिर मतदान केन्द्रमा गरे मतदान

7

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौं–४ मा मतदान गरेका छन् । उनले मैतीदेवी मन्दिर मतदान केन्द्रमा मतदान गरेका हुन् । काठमाडौं–४ सभापति थापा चुनाव लड्दै आएको क्षेत्र हो ।

यसपालि कांग्रेसले यहाँ युवा नेता सचिन तिमल्सिनालाई उम्मेदार बनाएको छ । सभापति थापा आफू सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । काठमाडौं–४ छाडेर सर्लाही–४ मा उम्मेदवारी दिएपछि यो क्षेत्रलाई निकै चासोका साथ हेरिएको छ ।

समाचार वर्गहरू