कांग्रेसका उम्मेदवारलाई जिताउन प्रेस युनियनको भुमिका महत्त्वपूर्ण हुन्छ : काँग्रेस उम्मेदवार द्वय तामाङ

84

काठमाडौं । फागुन २१ गते हुन गई रहेको प्रतिनिनिधि सभा सदस्य तर्फका उम्मेदबारहरुले नेपाली काँग्रेसका उम्मेदबारलाई जिताउन नेपाल प्रेस युनियनको महत्वपूर्ण भुमीका हुने बताएका छन् । बुधबार काठमाडौंमा प्रेस युनियन सिन्धुपाल्चोकले आयोजना गरेको उम्मेदबार भेटघाट कार्यक्रममा काँग्रेस क्षेत्र नम्बर २ का उम्मेदबार बंशलाला तामाङले बदलिएको कांग्रेसले देश बदल्ने बताउदै लोकतन्त्र संस्थागत गर्न कांग्रेस बाहेक कुनै दल सक्षम नरहेको समेत बताएका छन् ।

उनले यो परिवर्तित समयमा कांग्रेसका उम्मेदवार हामीलाई जिताउने कुरामा प्रेस युनियनको भुमिका महत्त्वपूर्ण हुने समेत बताएका छन् । सोही कार्यक्रममा सिन्धुपाल्चोक १ नम्बर क्षेत्रका काँग्रेस उम्मेदबार जगबहादुर तामाङले यो निर्वाचन जंगबहादुर तामाङ मात्रै लडेको नभई हामी सबै कांग्रेसका उम्मेदवार हौं भन्ने भावना बोकेर अगाडि बढ्न सवैलाई आग्रह गरेका छन् । उनले प्रेस युनियनलाई यो भेटघाटकालागि धन्यवाद दिदै विगतका कमिकमजोरीलाई यहीँ छोडेर निर्वाचन जित्ने गरी लाग्न पर्नेमा समेत आग्ह गरेका छन् ।

उनले मोहन बस्नेतले सभापति बनाएको हो त्यसैले चुनाव जिताउने महत्त्वपूर्ण जिम्मेवारी पनि बस्नेतको हुने बताउर्दै बस्नेतले आफुलाई पुर्ण सहयोग गर्ने समेत बताएका छन् । सो कार्यक्रममा प्रेस युनियन सिन्धुपाल्चोकका अध्यक्षता किशोर बुढाथोकी, नेपाल पत्रकार महासंघका महासचिब रामप्रसाद दाहाल, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पुर्वसभापतिहरु ऋषिराम पौडेल, सुर्य न्यौपाने पबित्रकुमार खड्का, युवराज पुरी, प्रेस युनियन सिन्धुपाल्चोकका पुर्वअध्यक्ष दुर्गा आचार्यलगायतको सहभागीता रहेको थियो । सो कार्यक्रम नेपाल प्रेस युनियनको केन्द्रीय कार्यालय थापागाउमा भएको बताइएको छ ।

सो कार्यक्रममा प्रेस युनियनका सवै सदस्यलाई काँग्रेसका उम्मेदबारलाई जिताउन सवै परिचालन गरिने समेत निर्णय भएको बताइएको छ ।

समाचार वर्गहरू