(काठमाडौं) – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने छ ।
बैठकमा कोरोना भाइरसको महामारी नियन्त्रण र उपचारका लागि सरकारले गरेको काम लगायत विषयमा छलफल हुनेछ । बैठकमा समसामयीक राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने बताइएको छ ।