कांग्रेसको पदाधिकारी बैठक बस्दै

14

(काठमाडौं) – आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । काठमाडौंको बुढानिलकण्ठस्थित सभापति शेरवहादुर देउवाको निवासमा बैठक विहान ९ बजेका लागि बोलाइएको छ ।

बैठकमा जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टी समितिहरुले सिफारिस गरेका नामावलीमाथि छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उपनिर्वाचन हुने प्रदेश र जिल्लामा पार्टीको जागरण अभियानमा खटिएका प्रतिनिधिहरु समेत बैठकमा सहभागी हुनेछन् ।

समसामयीक राजनीति, निर्वाचन तयारी, पार्टीको केन्द्रीय विभाग गठन लगायत एजेण्डामा समेत छलफल हुनेछ । पदाधिकारी बैठकमा हुने सहमतिका विषयमा छलफलका लागि केन्द्रीय कार्यसमितिको बैठक भने भोलिका लागि बोलाइएको छ । उपनिर्वाचन हुने जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट सम्भावित उम्मेदवारको नाम सिफारिस भइसकेको छ ।

समाचार वर्गहरू