कांग्रेसमा आरोप-प्रत्यारोप स्वभाविक छ – सभापति देउवा

22

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बैठकमा आरोप-प्रत्यारोप चल्नु स्वभाविक रहेको बताएका छन् ।

बीपी कोइरालाको ४१ औं स्मृति दिवसका अवसरमा शनिबार सुनसरीको इनरुवा पुगेका देउवाले नेपाली कांग्रेस सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी भएकाले बैठकमा आरोप-प्रत्यारोप हुनुलाई स्वभाविक रुपमा लिनुपर्ने बताए ।

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठक शनिबार एक दिनका लागि स्थगित गरेर सुनसरी पुगेका देउवाले बीपी कोइरालाको पूर्णकदको सालिक अनावरण समेत गरेका थिए । इनरुवा नगरपालिकाको १५ लाख रुपैयाँमा निर्माण गरेको बीपीको सालिक सम्पन्न भएको चार वर्षपछि अनावरण शनिबार गरिएको हो ।

१५ जनाभन्दा धेरै केन्द्रीय सदस्यहरुसहित सुनसरी सदरमुकाम इनरुवामा नेपाली कांग्रेसको जिल्ला सम्मेलनको उद्घाटन गर्दै देउवाले केन्द्रीय समितिको बैठक लाइभ गरेर कांग्रेसले उत्कृष्ट काम गरेको दाबी गरे ।

ठूलो पार्टीमा सानातिना समस्या र विवाद आउँदैमा कांग्रेस बिग्रियो, सक्कियो भन्ने मानसिकता पाल्न नहुने पनि देउवाको भनाइ थियो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू