काठमाडौँ – पछिल्लो समय काठमाडौँ उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यो उपत्यकाको हालसम्मकै उच्च संक्रमण हो ।
मन्त्रालयका अनुसार काठमाडौंमा १२८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनालाई कोरोना संक्रमण देखिएको छ । उपत्यकामा कोराना संक्रमितको संख्या २६ हजार ७४१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २१ हजार ६७३ ललितपुरमा २ हजार ६८७ र भक्तपुरमा २ हजार ३८१ संक्रमित पुगेका छन् । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार थप दुई हजार ७ सय २२ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४५० पुगेको छ । एकै दिनमा थपिने याे हालसम्मकै धेरै संख्या हाे ।