काठमाडौं ४ नम्बर क्षेत्रका काग्रेस उम्मेदबार सचिन तिमल्सिनाले गरे बौद्धिक व्यक्तित्वसँग छलफल

96

काठमाडौं । फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली काँग्रेसका उम्मेदबार सचिन तिमल्सिनाले बौद्धिक व्यक्तित्वसँग छलफल गरेका छन् ।

सोमबार काठमाडौंको बुढानिलकण्ठमा एक भेला आयोजना गरि सो छलफल गरेको बताइएको छ । उम्मेदबार तिमल्सिनाले सो छलफलबाट क्षेत्रमा र देशमै गर्नु पर्ने कामको बारेमा महत्वपूर्ण सुझाब प्राप्त भएको बताएका छन् ।

उनले सो छलफलबाट प्राप्त सुझाबलाई आफुले कार्यान्वयन गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भेटकै क्रममा मध्यपुर्व दोस्रो विश्वयुद्ध पछिको विषम परिस्थितिमा समेत द्वन्दकाल भन्दा पनि भयानक रूपमा बिभाजित समाजलाई एकीकरण गर्नुपर्ने जिम्मेवारी रहेको र त्यो जिम्मेवारी लिन आफ् तयार भएको समेत बताएका छन् ।

उनले नेपालको सञ्चार क्षेत्र अन्य मुलुकको तुलनामा उत्कृष्ट रहेको बताउदै हामी प्रेससँग डराएर नभाग्ने बरु प्रश्नको सामना गर्न जुनसुकै बेलामा पनि तयार रहेको बताए ।

उनले प्रश्नबाट भागेर लोकतन्त्र बलियो नहुने समेत बताएका । उनले नेपालमा पपुलिस्टहरुले सम्भावना भन्दा बढी गफ गरेर नागरिकलाई भ्रममा पारेर बिचार लाई बन्धक बनाएको ठहर समेत उनले गरेका छन् ।

उनले जात वर्ग धर्म लिङ्ग समुदाय दल प्रतिको लक्ष्यित प्रहार गरेर फाइदा लुट्न खोज्नेहरु अस्थायी भएको समेत बताए।नेपाली राजनीतिमा खोजिएको युवा म र म जस्तै भएपनि संसारमा सबैभन्दा निरीह प्राणी कोही हुन्छ भने निर्वाचनको समयमा उम्मेदवार हुने गरेको समेत बताए ।

समाचार वर्गहरू