काठमाडौंका मिठाई पसलमा मन्त्रालयद्वारा अनुगमन

15

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौंका तीन वटा मिठाई पसलमा अनुगमन गरेको छ । कृषि तथा पशुपन्छी विकास राज्य मन्त्री रामकुमारी चौधरी र विभागकी महानिर्देशक मतिना बैद्य नेतृत्वको संयुक्त टोलीले तीन मिठाई पसलमा अनुगमन गरेको हो ।

टोलीले त्रिपुरेश्वरमा रहेको पशुपती फुड्स र साजन गोठ तथा सुनधारामा सालिमार हस्पिटालिटी एण्ड फुड्स प्रलिद्धारा सञ्चालित गुवाफमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा थुप्रै कमीकमजोरी भेटिएको अनुगमन टोलीले जनाएको छ । मिति नभएका, मिति नाघेका, सरसफाइमा लापरर्वाही गरिएका खाद्य पदार्थ नष्ट गरिएको छ ।

अनुगमन पछि कृषि राज्यमन्त्री चौधरीले व्यवस्थापकीय कम्जोरी पाइएको बताईन । उपभोक्तालाई गुणस्तरीय खाना खुवाउने व्यवशायीहरुको पनि कर्तव्य रहेको भन्दै अनुगमनलाई निरन्तरता दिने उनले बताईन ।

मिठाई पसल मात्र नभई सबै खाद्य पदार्थमा अनुगमन र नियमन गरिरहेको उनको भनाई थियो । उनले उपभोक्ता र व्यवशायीका लागि अनुज्ञा पत्र लिएर काम गर्दा राम्रो हुने सुझाव दिईन । राज्यमन्त्री चौधरीले एक हप्ता भित्र सुधार गर्न सबै पसल सञ्चालकलाई निर्देशन समेत दिईन ।

विभागकी महानिर्देशक बैद्यले सरसफाइ र गुणास्तरियता कायम गर्न नसकेको भन्दै विभागमा उपस्थित हुन निर्देशन दिएको बताएका छन् । टोलीले परिक्षणका लागि १४ प्रकारका खाद्य पदखार्थ लिएको जनाएको छ । विष्लेषण नमूना सार्वजनिक भएपछि खाद्य ऐन अनुसार नभएको पाइएमा सरकारी वकिलमार्फत मुद्दा चलाइने विभागले जनाएको छ ।

समाचार वर्गहरू