कार्की नेतृत्वको आयोगको प्रतिवेदन अपूर्ण र बदनियतपूर्ण

85

काठमाडौं – नेपाली कांग्रेस सभापति गगन थापाले जेन-जी आन्दोलनका विषयमा गौरीबहादुर कार्की नेतृत्वको आयोगले सार्वजनिक गरेको प्रतिवेदन अपूर्ण र बद्नीयतपूर्ण रहेको बताएका छन् ।

सोमबार कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजनामा सोमबार हेटौंडामा भएको बागमती प्रदेशस्तरीय निर्वाचन समिक्षा कार्यक्रममा उनले कार्की आयोगको प्रतिवेदनले भदौ २४ गतेको बारेमा केही नबोलेको उल्लेख गर्दै उक्त प्रतिवेदन बदनीयतपूर्ण र ‘बायस्ड’ रहेको धारणा राखेका हुन् ।

‘राज्यको निकायले चाहँदा जो कोहीलाई अनुसन्धान गर्न पाउनुपर्छ । हाम्रो पार्टीका नेतालाई अनुसन्धान नगर भनेर कांग्रेसले भन्दैन,’ थापाले भने, ‘व्यक्तिले नियम मान्नुपर्छ भने राज्यले पनि मान्नुपर्छ ।’

उनले अगाडी भने  ‘२०४६ पछि देशको प्रधानमन्त्री र मन्त्री बनेकाहरूसहित उच्च ओहोदामा पुगेका सबैको सम्पत्तिको छानबिन गर्नुपर्छ । म पनि मन्त्री भएको छु, मेरो पनि छानबिन गरियोस्’, उनले थपे, ‘तर यो छानबिन कानुनसम्मत हुनुपर्छ । जसको गल्ती भएको छ, जसले दुरुपयोग गरेको छ उसको सम्पत्ति जफत गरेर राष्ट्रीयकरण गर्नुपर्छ ।’

समाचार वर्गहरू