(काठमाडौं) – प्रतिनिधिसभा तर्फ कास्की क्षेत्र नम्बर २ मा नेकपा, कांग्रेस, साझा, विवेकशील लगायत दलबाट २२ जनाले मनोनयन दर्ता गराएका छन् । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि प्रतिनिधिसभाको कास्की २ मा उपनिर्वाचन हुन लागेको हो ।
सत्तारुढ नेकपाबाट विद्या भट्टराई अधिकारी, कांग्रेसका खेमराज पौडेल, साझा पार्टीबाट रजनी केसी, विवेकशीलबाट जमुना शर्मा, समाजवादीबाट धर्मराज गुरुङले उम्मेदवारी दिएका छन् ।
प्रदेशसभा तर्फ भक्तपुरमा १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । भक्तपुर १ ‘क’ मा हुने उपनिर्वाचनका लागि नेकपाबाट देवी प्रसाद ढकाल, कांग्रेसबाट कृष्णलाल भँडेल, नेकमिपाबाट निरज लवजु लगात विभिन्न दलले उम्मेदवारी दर्ता गराएका हुन् । स्वतन्त्र तर्फबाट ११ जनाको उम्मेदवारी परेको छ ।