के सिहदरबारमा आगो लगाउने समुहमाथी रास्वपा सरकारले कारबाही गर्ला ? (भिडियो सहित)

11

काठमाडौं । गत भदौ २३/२४ गते जेन जी पुस्ताको नाममा भएको देशव्यापी रुपमा एकै साथ आन्दोदन भयो । देशभर भएको आन्दोलनको अबस्थालाई अध्ययन गर्दा यो भ्रष्टाचार र अनियमितताको विरुद्धमा भएको आन्दोलनभन्दा पनि सरकारी सम्पत्तीमाथी तोडफोड र आगजनी गर्नेृ रहेको देखिन्छ ।

भदौ २३ गते विद्यालयको पोशाकमा विद्यार्थीलाई सडकमा उतारेर उनै विद्यार्थीको टाउकोमा विष्फोटक पदार्थ पड्काउने समुहको तस्वीर भिडियो सार्वजनिक भए पनि उनीहरुमाथी कारबाही भने भएको छैन ।

जेन जीको आन्दोलनको बलबाट गठन भएको पुर्वप्रधानन्यायाधिश सुशिला कार्की नेतत्व अन्तरिम सरकारले सार्वजनिक र सरकारी सम्पत्तीमाथी कारबाही गर्न त परै जाओस अनुसन्धान समेत गर्ने आँट राख्न सकिनन । भने उता अहिले पनि सिहदरबार, सर्वोच्च अदालत, संसद भबन, राष्ट्रपतिको कार्यालयमा आगो लगाउनेहरुको उग्र रुपका साथै तस्वीर भिडियो हेर्न सकिन्छ ।

सरकारले चाहेको खण्डमा तिनै भिडियो र तस्बीरबाटै कारबाहीकालागि कदम चाल्न सक्ने भएपनि सो कार्य गर्न सररकारले चाहि रहेको छैन । सामाजिक सञ्जालमा आएका र सञ्चारकर्मीहरूले कैद गरेका दृश्य सामग्री हेर्दा कति पनि लाग्दैन, जेनजी आन्दोलनको क्रममा सिंहदरबार जलाउने १३ देखि २८ वर्ष उमेर समूहका सिर्जनशील युवा थिए भनेर ।

ती दृश्य सामग्रीले सिंहदरबार जलाउन ट्याटु हानेका, विदेशी नागरिक, साधु पहिरनमा देखिएकादेखि अनुहार पूरै ढाक्ने मास्क लगाएकाहरु रहेका थिए । आगो लाग्नेदेखि लुटपाट मच्चाउने कामसम्म महिला पुरुष दुवैको संलग्नता रहेको थियो । यद्यपि, यी कामहरूमा नवयुवाहरू पनि संलग्न नभएका भने होइनन् तर, तुलनात्मक रूपमा कम थिए।

प्रदर्शनकारीहरूले जेन जी आन्दोलनको दोस्रो दिन सिंहदरबारमात्र जलाएनन्, त्यहाँका सामग्रीहरू समेत लुटपाट गरे लगे । कतिपयले प्रहरीका हतियारदेखि बर्दीसम्म खोसे ।र तीनै भिडमा केही बन्दुकधारीहरू समेत देखिएका थिए । सिहदरबार जालउन गएका युवाहरुको हातमा हतियार सहित नेपाली सेनाकै अघिबाट छिरेर आगजनी र लुटपाट गर्दा समेत रोक्ने काय रोकिएन ।

कतिपय युवतीहरू ल्यापटपदेखि कम्प्युटरका मोनिटरसम्म चोरेर लिएर हिंडेका थिए । हतियार लुटेर प्रदर्शन गरिरहेका कैयौं प्रदर्शनकारीहरूको अनुहार स्पष्टै देखिन्छ ।के अब बन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सिहदरबार जलाउनेमाथी कारबाही गर्ने आँट राख्न सक्छ होला ? त्यो भने हेर्न बाँकी छ ।

समाचार वर्गहरू