पाल्पा – कोरोना भाइरसको संक्रमणबाट पाल्पामा बुधबार एक जना वृद्धको मृत्यु भएको छ ।
लुम्बिनी मेडिकल कलेजमा प्रभासमा उपचाररत पाल्पाको बगनासकाली गाउँपालिका–७, खानीगाउँका ७८ वर्षीय वृद्धको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार मृतक पुरुषको कार्तिक १ गते कोरोना पोजेटिभ देखिएको थियो ।
योसँगै पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पाल्पामा बुधबार थप २७ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या १ हजार ४१ पुगेको छ । सक्रिय संक्रमित २ सय ६४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । अधिकांश होम आइसोलेसनमा छन् भने केहीलाई अस्पतालमा राखिएको छ ।