क्लब भिक्ट्रीमा लागेको आगो ३ घन्टापछि नियन्त्रणमा

14

काठमाडौैं – दरबारमार्गस्थित भिक्ट्री क्लब एन्ड लाउन्जमा आइतबार साँझ लागेको आगो निभाइएको छ । साँझ साढे ६ बजेदेखि सुरु भएको थियो । क्लब भिक्ट्रीमा भएको आगलागी करीब ३ घन्टापछि नियन्त्रणमा आएको छ ।

विद्युत् सर्ट भएका कारण आगो लागेको थियो । अहिले नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

लाउन्जबाट मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी विनोद घिमिरेले जानकारी दिए ।

आगलागी नियन्त्रणका लागि दमकल, स्थानीयवासी र सुरक्षाकर्मीहरु खटिएका छन् । विद्युत सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आगो नियन्त्रणका लागि आधा दर्जन भन्दा बढी दमकल प्रयोग गरिएको थियो । आगलागीबाट क्लब भिक्ट्री पूर्ण रुपमा जलेको छ ।

समाचार वर्गहरू