गगन थापा प्रधानमन्त्री निवास बालुवाटारमा

106

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्।

आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभापति थापासहितको कांग्रेस नेताहरूले प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेको हो।

भेटवार्तामा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल सहभागी थिए। थापाले कांग्रेस सभापति भएपछि पहिलोपटक प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन्।

भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए ।

समाचार वर्गहरू