गगन-विश्वलाई कारबाही गर्ने प्रस्ताव पेस भएपछि केन्द्रीय समिति बैठक छोडेर हिँड्यौं : खतिवडा

107

काठमाडौँ — महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गर्न बसेको केन्द्रीय समिति बैठकबाट दुई केन्द्रीय सदस्यले असन्तुष्टि जनाएका छन् ।

सानेपास्थित केन्द्रीय कार्यालयमा बुधबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय थापा र शर्मा तथा सहमहामन्त्री मन्सुरलाई कारबाही गर्नुपर्ने प्रस्ताव आएपछि केन्द्रीय सदस्यद्वय रामहरि खतिवडा र चन्द्र भण्डारी उठेर बाहिर निस्किएका थिए ।

महामन्त्रीहरूलाई कारबाही गर्दा पार्टी विभाजन हुने भएकाले त्यसमा असन्तुष्टि जनाउँदै बाहिरिएको खतिवडाले बताए । ‘प्रस्ताव पेस भएपछि चन्द्र भण्डारी र म केन्द्रीय समिति बैठकबाट उठेर हिँड्यौं,’ खतिवडाले भने, ‘पार्टी फुट्नु हुँदैन भन्ने हाम्रो धारणा थियो ।’

थापा, शर्मा र मन्सुरलाई कारबाही गर्नका लागि केन्द्रीय सदस्यहरूले मंगलबार गरेका हस्ताक्षर प्रयोग भएको थियो । खतिवडाले भने, ‘हस्ताक्षर त हामीले हिजो गरेको प्रयोग भयो होला ।’

दुवै महामन्त्रीलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरिएको छ ।

समाचार वर्गहरू