गगनको खेदो खन्नेहरुले कांग्रेस सिध्याउन चाहन्छन् : रमेश खरेल

85
कांग्रेसका एक जना तथाकथित वरिष्ठ नेताले, गगनले विशेष महाधिवेशनबाट पार्टी क्याप्चर गरेका कारण निर्वाचनमा यस्तो नतिजा आएको भन्दै राजीनामा माग गरेको सुनियो ।
यस्तो खाले विचार राख्ने नेतामा उनी मात्र छैनन् । निर्वाचनका बेला कांग्रेसको पक्षमा एक पल्ट मत माग्न आँट समेत नगरेर आफूलाई कांग्रेसी दाबी गर्नेहरुले गगनको राजीनामा मागिरहेका छन् । अझ, विशेष महाधिवेशन चलिरहेका बखत, शेर बहादुरको पक्षमा रहेर गगन–विश्वहरुको घनघोर खेदो खन्नेहरु, पछि गएर गगनकै हस्ताक्षर भएको टिकट लेुर निर्वाचनमा गएका र, आफ्नै क्षेत्रमा हार व्योहोरेकाहरु समेत अहिले राजीनामाका लागि मरिहत्ते गरिरहेका छन् ।
यो नैतिकताको कुन स्तर होरु गगनलाई सभापति स्विकार गर्न नसक्नेहरुले उनकै हस्ताक्षर भएको टिकटबाट निर्वाचन लड्न, लाज चाहीँ कसरी पचाए होलान्रु झन्, आफ्नै निर्वाचन क्षेत्रमा आफ्नै छवि राम्रो बनाउन नसकी हारेकाहरुको जिम्मेवारी पनि गगन–विश्वले लिइदेुर राजीनामा गरिदिनुपर्ने अरे । लाजको पसारो१ राजीनामा त खास आफ्नै निर्वाचन क्षेत्रमा प्रत्यक्ष लडेर पनि जित्न नसकेकाहरुबाट आउन सुरु हुनपर्ने हो । अनि पो नयाँ पुस्ताका लागि मार्ग प्रशस्त हुन्छ ।
आफूले बहन गर्नुपर्ने जिम्मेवारी बहन नगरि नेतृत्वको आलोचना गरेर पार्टी र लोकतन्त्र कहिल्यै सबल हुनेवाला छैन ।
गगनको राजीनामा मागिरहेकाहरुले खास के चाहीँ बिर्सनु हुन्न भने, विशेष महाधिवेशनले कांग्रेसको ओज बढाएकै हो । कांग्रेसीहरुलाई मात्र होइन, कांग्रेसमा जोडिएका नयाँ पुस्ताहरुलाई समेत गगन–विश्वहरुले आह्वान गरेको विशेष महाधिवेशनले, ुम कांग्रेसी हुँु भन्ने आँट प्रदान गरेको छ । भदौ २३ र २४ गते भएको जेन–जी विद्रोहले पनि अब पार्टीहरु बदलिनुपर्छ भन्ने स्पष्ट सन्देश प्रवाह गरेको थियो । आफूलाई नबदलिएर निर्वाचनमा गएको नेकपा र अन्य पार्टीहरुको हाल त झनै बद्तर भएको छ । कांग्रेसीहरु यसबाट पनि सिक्न चाहदैनन् । दाइवाद र भाउजुवादबाट अझै मुक्त हुन नसकेका दास र लासहरुले कांग्रेसलाई उहीँ पुरानो ढाँचामा पुनः पुर्याउन चाहन्छन्, जहाँ चाटुकारिताले अझै प्रशय पाओेस् ।
फागुन २१ को हारपछि पूर्व संस्थापन समूहले गगनको राजीनामा माग्न देखाएको अस्वाभाविक हतारो केवल नैतिक जिम्मेवारीको बहस होइन, यो योजनाबद्ध राजनीतिक बदला र पुनः शक्ति कब्जा गर्ने प्रयास झैँ देखिएको छ। नेपाली कांग्रेसभित्र सुरु भएको यो “राजीनामाको राजनीति” ले पार्टीलाई यस्तो संवेदनशील मोडमा ल्याइ उब्याएको छ, जहाँबाट यसको संगठनात्मक औचित्यमै प्रश्न उठ्न सक्छ। निर्वाचन परिणामलाई आधार बनाएर राजीनामा माग्नु वास्तवमा विशेष महाधिवेशनबाट आएको परिवर्तनको म्यान्डेटलाई चुनौती दिनु हो। यदि यस्तो दबाब सफल भयो भने, कांग्रेस फेरि पुरानै संस्थापन केन्द्रित शक्ति संरचनाको प्रभावमा फर्किने सम्भावना प्रबल हुनेछ।
विशेष महाधिवेशनपछि पार्टी अझै सांगठनिक पुनर्संरचनाको चरणमै रहेका बेला चुनावमा होमिनु कांग्रेसका लागि लगभग तयारीबिनाको लडाइँ जस्तै भयो। एकातिर नयाँ नेतृत्वले पार्टीको आधिकारिकता र चुनाव चिन्ह सुरक्षित राख्न निर्वाचन आयोग र अदालतसम्म पुगेर संघर्ष गरिरहेको थियो, अर्कोतिर निर्वाचनको समयसीमा नजिकिँदै गइरहेको थियो। “बदलियौँरबदल्छौँ” भन्ने नारासहित अघि बढेका गगन थापा र उनको समूहले वास्तवमा के परिवर्तन भयो र कसरी परिवर्तन हुँदैछ भन्ने कुरा जनतासामु स्पष्ट रूपमा राख्ने पर्याप्त अवसर नै पाउन सकेन।
अबको समयलाई पार्टीको सुदृढीकरणमा लगाउनु साटो आ–आफ्नै खेदो खन्नेहरुले कांग्रेस सिद्याउन चाहन्छन्, भन्ने बुझ्नुपर्छ । रमेश खरेलको फेसबुक वालबाट

समाचार वर्गहरू