गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

38

पोखरा – गण्डकी प्रदेशमा शनिबार थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा प्रदेशका विभिन्न ६ जिल्लामा गरी थप १० जनामा कोरोना संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा ३ जना, तनहुँ र बाग्लुङमा २–२ जना तथा गोरखा, स्याङ्जा र पूर्वी नवलपरासीमा १–१ जना कोरोना संक्रमित फेला परेका हुन् ।

सबै संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । यससँगै गण्डकी प्रदेशमा कोरोना पुष्टि हुनेहरुको संख्या १ हजार ६ सय ९२ पुगेको छ ।

 

समाचार वर्गहरू