काठमाडौं – सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा अन्तरिम आदेश जारी गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजालसले गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको रिटमा अन्तरिम आदेश जारी गरेको हो।
सभामुख कृष्णप्रसाद धितालसहितको समर्थन बुझाएर मुख्यमन्त्री बनेका एमालेका खगराज अधिकारी अन्तरिम आदेश जारी भएसँगै कामचलाउ सरकारको मुख्यमन्त्री बनेका छन्।
अन्तरिम आदेशमा मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर गर्ने प्रकृतिका निर्णय नगर्न/नगराउन भनिएको छ। रिटलाई अग्राधिकार दिएर वैशाख १० गते पूर्ण सुनुवाइका लागि पेस गर्न पनि सर्वोच्चले अदालत प्रशासनलाई भनेको छ।


