ग्याँसको कृत्रिम अभाबलाई आयल निगमद्वारा संरक्षण : बजारमा झन अभाब देखाउन आफै ग्याँस बेच्दै

7

काठमाडौं । सरकारको सम्बन्धीत निकाय र ग्याँस व्यवसायीबीचको अबैध साँठगाँठबाट बजारमा खाना पकाउने एलपी ग्याँसको कृत्रिम अभाव बनाई उपभोक्तामाथी गरिदै आएको ठगीधन्दालाई नेपाल आयल निगमले समेत साथ दिएको पाइएको छ ।

ग्यासको कृत्रिम अभाब देखाएर नेपाल आयल निगम आफैँले टेकुस्थित कार्यालयबाट ग्याँस बिक्री वितरण सुरू गरेसंगै झन बजारमाको डिपोमा ग्याँसको चरम अभाब सृजना गरिएको हो । निगमले हाल नेपाल ग्यास, एभरेस्ट ग्यास र सुगम ग्यासको बिक्री सुरू गरेको छ । मागअनुसार थप कम्पनीका ग्यास पनि बिक्रीमा राख्ने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताएका छन ।

डिलरमा धेरै समय लाइन बस्दा पनि ग्यास पाउन कठिन भएको गुनासो आएपछि कार्यालय परिसरमा काउन्टर राखेरै अत्यावश्यक परेका उपभोक्तालाई बिक्री गरिएको बताए पनि सो समधानको बाटो भने नभएको उपभोक्ताबादीहरुले बताएका छन् ।

नेपालमा भारतले गरेको नाकाबन्दीका समयमा समेत निगमले उसको कार्यालयबाट बिक्री नगरेकोमा अहिले आएको ग्याँस लुकाई निमगकै सहयोगमा व्यापारीले कृत्रिम अभावलाई छोप्न लागि परेको उपभोक्ताबादीहरुको आरोप रहेको छ ।

ठाकुरले आज (बुधबार) पहिलो दिन नेपाल ग्यासको १६०, एभरेस्ट ग्यासको ७० सिलिन्डर बिक्री सुरू भएको बताए भने मंगलबार ३०० वटासम्म सिलिन्डर बिक्री गर्ने बताए । दैनिक बजारको माग हेरेर वितरणको थप योजना बनाउने निगमले जनाएको छ । सामान्य अवस्थामा देशभर दैनिक १ लाख सिलिन्डरको माग हुने गरेको छ । तर, अहिले बजारमा अभाव हुने हल्ला चलेपछि माग बढेर २ लाखभन्दा बढी पुगेको छ ।

समाचार वर्गहरू