काठमाडौं । मध्ये पुर्वमा जारी युद्धको कारण देखाउदै केही व्यवसायीहरुको योजनामा सुरु भएको अत्याबश्यक बस्तुमा कालाबजारी कार्यले तीव्रता पाएको छ । विदेशमा भएको युद्धलाई देखाउदै व्यवसायी र सरकारको सम्बन्धीत निकायका कर्मचारीको अबैध साँठगाँठमा खाना पकाउने एलपी ग्याँसको कृत्रिम अभाव सृजना गरेर उपभोक्तामाथी लुटधन्दा नै चलाउदै आएको पाईएको छ ।
मध्येपुर्वमा चलेको युद्धसंगै विश्वभर पेट्रोलियम पदार्थदेखि ग्यासको आयातमा अबरोध भएपनि नेपालमा माग गरे अनुसारको ग्यास र तेल भारतले उपलव्ध गराएपनि नेपालमा भने व्यवसायी र कर्मचारीको मिलिमतोमा कृत्रिम अभाव सृजना गरेर मंहगोमा ग्यासको बिक्री समेत भएको पाइएको छ ।
एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेको जनगुनासो बढेसंगै केही स्थानमा गरिएको अनुगमनबाट कारबाही गरेको भनिएपनि अझै सो अबैध कार्य देशभरका ग्यास व्यवसायीबाट गर्दै आएको बताइको छ ।
ग्यास व्यवसायीले माग गरे अनुसारको रकम नदिएको खण्डमा रित्तो सिलिण्डर लिएर फर्कनु परेको दुखेसो समेत गरेका छन । सो कृत्रिम अभावका बारेमा उपभोक्ता अधिकारकर्मीहरुले भने सामान्य विज्ञप्ति निकालेर औपचारिकता मात्र पुरा गरेको बताउदै सोही अभावको मौका छोप्दै केही उपभोक्ताबादीहरु भने अबैधरुपमा व्यवसायीसंग रकम असुलीधन्दामा लागेको समेत आरोप लागेको छ ।
उता सरकारले कडा कारबाही नगर्दा उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको मूल्यभन्दा दोब्बरभन्दा बढी रकम तिर्नुपरेको समेत पीडितहरुले गुनासो गरेका छन् । व्यवसायीहरुले अधिकाशं ग्यास रेस्टुरेन्ट र तारे होटालमा मंहगो मुल्य असुली गरेर दिएसंगै उपभोक्ताहरुले ग्यासको अभाव झेल्नु परेको समेत बताइएको छ । घरायसी प्रयोजनकालागि भने ग्यास नपाएको उपभोक्ताहरुले बताएका छन् । उता कालाबजारीमार्फत भने प्रतिसिलिन्डर चार हजार ५ सय रुपैयाँसम्म मागिएको गुनासो समेत उपभोक्ताहरुले गरेका छन् ।
ग्यास व्यवसायीले माग गरे अनुसारको रकम नदिएको खण्डमा रित्तो सिलिण्डर लिएर फर्कनु परेको दुखेसो समेत गरेका छन । सो कृत्रिम अभावका बारेमा उपभोक्ता अधिकारकर्मीहरुले भने सामान्य विज्ञप्ति निकालेर औपचारिकता मात्र पुरा गरेको बताउदै सोही अभावको मौका छोप्दै केही उपभोक्ताबादीहरु भने अबैधरुपमा व्यवसायीसंग रकम असुलीधन्दामा लागेको समेत आरोप लागेको छ ।
उता जिल्ला प्रशासन कार्यालयले भने विश्वमा चर्किएको द्वन्द्धलाई देखाउदै आधा सिलिण्डर ग्यास बेच्नु भन्दै दिएको आदेशबाट पनि झन व्यवसायीलाई फाईदा पुगेको पाईएको छ । सरकारले नै आधा सिलिण्डर ग्यास बिक्री गर्नु गराउनुभन्दौ दिएको अनुमतिबाट आधाभन्दा कम ग्यास भरेर दिई उपभोक्तामाथी ठगी गर्दै आएको पाइएको छ ।
यसैक्रममा, व्यवसायीहरुले ग्यास लुकाएर कालाबजारी गरेको उजुरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा अत्याधिक रुपमा परेपछि सोमबार केही स्थानमा गरेको अनुसन्धान र छापाबाट समेत कृत्रिम अभाव सुजना गरेको प्रमाणित गरेको छ ।
विभागले सोमबार गरेको छापाबाट श्रीराम ग्यास उद्योगको ललितपुर हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा ६ हजार ३७७ वटा ग्यास सिलिन्डर फेलापारेसंगै सो कुराको पुष्टी भएको हो । ग्यासको कृत्रिम अभाव सृजना गरि भण्डारण गरेको अवस्थामा विभागको अनुगमन टोलीले सो उद्योगको गोदाममा १४ दशमलव २ किलो तौल भरिएका ग्यास सिलिन्डर फेलापारेको थियो ।
विभागले सो उद्योगलाई ३ लाख रुपैयाँमात्र जरिवाना गरेर अन्य कारबाही भने नगरि छोडि दिएको छ । ३ लाख रुपैयाँ जरिवाना लिई ती ग्यास सिलिन्डर नेपाल आयल निगमको समन्वय र रोहबरमा बिक्री वितरणको व्यवस्था मिलाउनु भन्दै उन्मुक्ति दिएको छ ।
एलपी ग्यासको चरम अभाव भएपछि सर्वसाधारणले सहज रूपमा ग्यास पाउन सकेका छैनन् । डिपोहरूमा रित्ता सिलिन्डरको लाइन छ भने विक्रेताकहाँ नाम टिपाएर हप्तौँ कुर्नुपर्ने बाध्यता समेत रहेको छ । यता निगमले ग्यास आयातमा कुनै अबरोध नभएको माग अनुसारको ग्यास भारतबाट आएको बताएपनि आयात भएको ग्यास कहाँ गयो भन्ने बारे सरकारी निकायले भने खोज्ने आँट गरेको छैन ।
जसबाट प्रमाणित हुन्छ ग्यासको कालाबजारी गर्ने कार्यमा सरकारको सम्बन्धीत निकायका कर्मचारीको समेत संलग्नता रहेको पाइएको छ । उपभोक्ताको यही बाध्यतालाई विक्रेताले कमाउने अवसरका रूपमा लिने गरेका छन् र उपभोक्तासँग खाली रहेको सिलिन्डरलाई न्यून मूल्यमा लिएर ग्यास सहितको नयाँ सिलिन्डरलाई चर्को मूल्यमा बेच्ने समेत गर्दै आएका छन् ।
ग्यासजस्तो अत्यावश्यक वस्तुमा भइरहेको यो खेलले नागरिकको चुलोमा सिधै प्रहार गरेको छ । सरकार लाचार बन्दा र व्यापारीले कृत्रिम अभावलाई कमाउने मौका (सिजन) का रूपमा लिँदा सोझा उपभोक्ताहरू भने महँगो मूल्य तिर्न बाध्य छन् ।